मनोजकुमार पराजुली
ललितपुर,गोटिखेल/ १३ चैत, ललितपुरको गोटिखेलका महांकाल मावि परिक्षा केन्द्रमा भएको एसईई परिक्षामा लापरवाही भएको पाइएको छ । एसईई परीक्षा सकिएपछि उक्त विद्यालयको कक्षा सञ्चालन हुँदा विद्यार्थीले एउटा उत्तरपुस्तिका भेटाएका थिए । एसईई परिक्षाको आज विज्ञान विषयको परीक्षा थियो ।

परीक्षा सकिएपछि उत्तरपुस्तिका संकलन गर्ने क्रममा केही उत्तरपुस्तिका कक्षा कोठामा नै छुटाईएको जानकारी प्राप्त भएको छ । उक्त परिक्षा केन्द्रमा केन्द्राध्यक्ष गोपाल कुमार पाण्डे थिए ।उक्त केन्द्रमा आजको एसईई परीक्षा विहान १०:१५ मा सम्पन्न भएको थियो ।

परिक्षा सम्पन्न भएपछि ११ बजे कक्षा सञ्चालन भएको थियो ।कक्षा सञ्चालन हुने बेलामा भेटिएको उत्तरपुस्तिका विद्यार्थीले भेट्टाएर त्यही विद्यालयका शिक्षकलाइ बुझाएका थिए। सोही विद्यालयका शिक्षकले उक्त उत्तरपुस्तिका उक्त केन्द्रका सुपरटेनलाइ बुझाएको जानकारी प्राप्त भएको छ । १० वर्ष लामो विद्यालयको पढाइ पछि हुने महत्त्वपूर्ण मानिएको एसईई परिक्षामा भएको लापरवाहीले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड भएको पुष्टि हुन्छ ।