काठमाडौं/२४ फागुन, तामाङ सञ्चार समूह ललितपुरको पहिलो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट राष्ट्रिय समाचार समितिमा कार्यरत साहिला तामाङ दोस्रो कार्यकालका लागि निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । आज बिहिबार सम्पन्न अधिवेशनले साहिला तामाङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा जिबी लामा, सचिवमा लक्ष्मी तामाङ, कोषाध्यक्षमा कविराज तामाङ, सदस्यहरुमा वविता घिसिङ, शान्ति थिङ, बाबुलाल स्याङतान, श्याम लामा, प्रकाश तामाङ, बुद्धराम थिङ सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै गरी अध्यक्ष साहिला तामाङ, शान्ति तामाङ र सुरेश तामाङलाई तामाङ सञ्चार समूहको पाँचौँ राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिमा सिफारिश गरेको छ ।

कार्यक्रममा गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी, तामाङ संचार समूहका केन्द्रीय उपाध्यक्ष दिपेन्द्र दोङ, समूहका केन्द्रीय महासचिव विष्णु मोक्तान, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य जानुका बराल, नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखा अध्यक्ष ज्ञानप्रसाद पौडेल, नेवाः पत्रकार राष्ट्रिय दबुका केन्द्रिय महासचिव सुनील महर्जन, प्रेस युनियन ललितपुरका उपाध्यक्ष केदारनाथ दाहाल, प्रेस सेन्टर ललितपुरका अध्यक्ष रामहरि कार्कीलगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।