काठमाण्डौ/१७ फागुन, स्मरणशक्ति विकासका लागि हाम्रो जीवनशैली, खानपानको खास भूमिका हुन्छ । जब शारीरिक स्वस्थ्य ठीक हुन्छ, शरीर चुस्त र तन्दुरुस्त हुन्छ । स्मरण शक्ति तेज हुन्छ । स्मरण शक्ति ह्रास हुनबाट बचाउनका लागि खराब जीवनशैलीलाई त्याग्नैपर्छ। योग, ध्यान, प्राणायम यस्तो विधी हो, जसले मस्तिष्कको कार्य संचालनलाई सही राख्छ । त्यसैले योग, ध्यान र प्राणायमलाई दैनिक तालिकाभित्र समेट्नुपर्छ । अर्कोतर्फ स्मरणशक्तिको विकासका लागि स्वस्थ्यकर, पोषिलो खानेकुरा सेवन गर्नुपर्छ । शरीरमा विकार पैदा गर्ने खानेकुराले स्मरण क्षमता कमजोर बनाउँछ ।

स्मरणशक्तिको विकासका लागि स्वस्थ्यकर, पोषिलो खाने कुराको सेवन गर्नुस्, जसमा आवश्यक पोषण तत्व होस् । जसले मानिसको स्मरण शक्ति यसरी बढाओस् कि बुढेशकालसम्म पनि कुनै कुरा याद गर्न समस्या नहोस् । तर त्यसको लागि यस्ता खानेकुरा खान आवश्यक छ , जसमा याददाश बढाउने तथा स्मरण शक्ति बढाउने तत्व होस् ।

प्रकृतिले प्राणीहरूलाई प्रशस्त मात्रामा अनमोल खाद्यान्‍न तथा फलफूलहरू उत्पादन गरिदिएको छ। तर, सबै अन्न तथा फलफूलका आआफ्ना विशेषता छन्। कुनै प्रोटिनप्रधान छन् त कुनै भिटामन, कार्बोहाइडे्रट वा बोसोप्रधान छन्। त्यस्तै कुनै सात्विक छन् त कुनै राजसिक वा तामसिक छन्।

चामल, गहुँ, मुँग, मकै आदि अन्नस लौका, फर्सी, करेला, लसुन, टमाटर, काँक्रो, आलु, मूला आदि तरकारीस सिमी, बोडी, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफूल सात्विक भोजनका साथै सन्तुलित भोजन पनि हुन्। यिनमा प्रोटिन, कार्बोहाइडे्रट, फ्याट, भिटामिन तथा मिनरल्स उपलब्ध हुन्छन्।

बालबालिकादेखि वृद्धसम्मलाई चाहिने भोजन पनि यिनै हुन्। तर, यी भोजनमध्ये केही यस्ता अन्न तथा फलफूलहरू छन् जसले मानिसको शरीर तथा मस्तिष्कलाई ताकत दिन्छन्, स्मरणशक्ति बढाउँछन्। यस्ता मस्तिष्कमैत्री अन्न तथा फलफूल गाउँघरका बगैंचा, करेसाबारी तथा वरपरका जंगलमै उपलब्ध हुन्छन्। त्यसैले यहाँ यस्ता खाद्यपदार्थका बारेमा उल्लेख गरिएको छ।जमुनास्जमुना त सबैले देखेको तथा खाएको फल हो। तर, जमुना मस्तिष्कवर्द्धक फल हो भन्ने कुरा धेरै कम मानिसलाई थाहा छ।

वास्तवमा वर्षा ऋतुमा नेपालमा पनि प्रशस्त पाइने जमुना मानिसका लागि ज्यादै उत्तम फल हो। जमुनाले रक्तशोधन गरी चेहरालाई चमकदार बनाउँछ, चिडचिडापन हटाउँछ। यसले पेटको विकार हटाउँछ, मेमोरी बढाउँछ, बुद्धिलाई तीव्र बनाउँछ।बिहान र साँझ खाजाका रूपमा जमुना खानु ज्यादै उत्तम हुन्छ।पालुंगोस्बुद्धि तीव्र पार्ने तथा दिमागलाई दुरुस्त राख्ने खाद्यान्नका रूपमा पालुंगो त प्रकृतिको वरदान नै हो। मस्तिष्कका लागि योभन्दा उपयुक्त अर्को हरियो सागतपात छैन।

पालुंगोमा भिटामिन ए, बी, सी, क्लोरोफिल, बिटा कैटोरिन, राइवोफ्लेबिन तथा सोडियम आदि हुन्छन्। माछामासुमा झैं प्रोटिन हुन्छ।कतिपय बालबालिकालाई पालुंगो त्यत्ति स्वादिलो लाग्दैन तर यसको सेवनले मनलाई ताजा बनाउँछ, मस्तिष्कलाई ताकत दिन्छ। यो एउटा महत्त्वपूर्ण ब्रेन टनिक हो भन्‍ने कुरा पोषणविद्हरूले हालसालै प्रमाणित गरिदिएका छन्। त्यसैले हिजोआज विदेशमा पालुंगोको सेवन ह्वात्तै बढेको छ। पालुंगो लाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ।

सलादका रूपमा, तरकारी र सुप बनाएर पनि यसलाई खान सकिन्छ। बेलाबेलामा पालुंगोको तरकारी वा सुप बनाएर खानु निकै उत्तम हुन्छ। तर, अक्जेलिक एसिड हुने भएकाले किड्नीका रोगी तथा किड्नीमा पत्थरी जम्ने समस्या भएकाहरूले पालुंगो खान हुँदैन।अमलास्फलहरूमा अमला एक सर्वोत्तम फल हो। यो भिटामिन सीको भण्डार हो।यसले हाड, दाँत र गिजा बलियो बनाउँछ। अनुहारको कान्ति बढाई कपाल फुल्न दिँदैन। नेत्रज्योति बढाउँछ, मस्तिष्कलाई ऊर्जा दिन्छ।

मस्तिष्कशक्ति तथा स्मरणशक्ति बढाउँछ। बुद्धि तीव्र बनाई शरीरमा बल,वीर्य वृद्धि गराउँछ। यसले हाई ब्लड प्रेसर, हृदयरोग, क्यान्सर, नपुंसकता, मन्दाग्नि, स्नायु रोग, चर्म रोग, कलेजो तथा मिर्गौलाको रोग, रक्त रोग, जन्डिस, टीबी, पिसाब तथा हड्डीका रोगहरू ठीक पार्न सहयोग गर्छ। अमला त्रिदोषनाशक फल हो, अर्को बे्रन टनिक। अमलामा पाइने एन्टी अक्सिडेन्ट इन्जाइमले बूढोपन रोक्छ।अमलामा जति रोगप्रतिरोधक, रक्तशोधक तथा बल,वीर्यवद्र्धक तत्त्वहरू पाइन्छ, त्यति तत्त्व संसारका कुनै पदार्थ तथा औषधिमा पाइँदैन। प्रतिदिन कुनै न कुनै रूपमा दुईचारवटा अमला खानु निकै राम्रो हुन्छ। अमलालाई अनेकौं तरिकाले प्रयोग गर्न सकिन्छ। जस्तैस् काटेर सलादका रूपमा, अचार तथा मुरब्बाको रूपमा वा त्यसै पनि खान सकिन्छ। तर, बिहानको खाजामा दुईचारवटा अमलाको मुरब्बा (जाम) सेवन गर्नु सर्वोत्तम हुन्छ।स्ट्रबरीस्अमलाजस्तै स्ट्रबरी अर्को महत्त्वपर्ण फल हो।

रातो तथा मीठो यो फलले मस्तिष्कलाई चुस्तदुरुस्त राख्छ। सम्भव भएसम्म बेलाबेलामा स्ट्रबरी खानु राम्रो हुन्छ।बदामस्बदाम (आलमन्ड) ब्रेन फुडको राजा हो। यसमा शरीरलाई आवश्यक सबै पोषक तत्त्व हुन्छन्।यो मस्तिष्कका लागि निकै लाभदायक छ। बदाम दुई प्रकारका हुन्छन्, मीठो र अलि तीतो मीठो कागजी बदाम नै स्वास्थ्यवद्र्धक हुन्छ। बदाम बालक, जवान तथा वृद्ध सबैका लागि उत्तिकै उपयोगी हुन्छ। बदामलाई पानीमा भिजाएर, बोक्रा हटाई पिसेर लेप बनाई दूधसँग खानु उत्तम हुन्छ। बदामको दूध तथा बदामको तेलले स्मरणशक्ति तथा नेत्रज्योति बढाउँछ। बदाम आई टनिक पनि हो।

शरीरशास्त्री भन्छन्, जबसम्म शरीरका कोषहरूकोनिर्माण तथा पुनर्निर्माण ठीकठीक रूपमा भइरहन्छ तबसम्म बुढ्यौली आउँदैन, शरीर स्वस्थ र बलियो बनिरहन्छ। तर, जब कोषहरूको निर्माण तथा पुनर्निर्माणको प्रक्रियामा विघ्नबाधा पर्छ तब कोषहरूको निर्माण र पुनर्निर्माणको गति मन्द हुन्छ। यसो भएपछि शरीर बूढो तथा कमजोर हुन थाल्छ। तर, भिटामिन ई, भिटामिन सी र कोलिनको पर्याप्त मात्रा प्रत्येक दिनको भोजनमा समावेश गरियो भने शरीरमा कोषहरूको निर्माण तथा पुनर्निर्माण प्रक्रिया ठीक ढंगबाट हुन्छ।

जबसम्म यो प्रक्रिया ठीकसँग चल्छ, तबसम्म बुढ्यौली आउँदैन। प्रकृतिको नियमअनुसार बुढ्यौली आउँछ तर यी भिटामिन सेवन गर्ने हो भने ढिलो आउँछ। जस्तो कि ६० वर्षको बूढो पनि ४० वर्षको जवानजस्तो देखिन्छ।

यस्ता भिटामिन अंकुरित गेडागुडीमा पाइन्छ। त्यसैले बिहानको खाजामा अंकुरित गेडागडी खानु सुनमा सुगन्ध नै हुन्छ। अन्य ब्रेन फुड्सस्स्याउ, लसुन, कालो अंगुर, कुरिलो, किसमिस, गाजर तथा बन्दागोभी आदिले पनि मस्तिष्कलाई पोषण तथा ताकत प्रदान गर्छ। पीपलको फल पनि मस्तिष्कका लागि निकै उपयोगी हुन्छ।

पीपलको मौसममा पीपलको फल खानु निकै राम्रो हुन्छ। यसका साथै काँक्रो, लौका, फर्सी तथा खरभुजाको बीउ पनि ‘ ब्रेन फुड मानिन्छ। आयुर्वेदका अनुसार लसुन तामसिक पदार्थ हो तर यसको औषधीय गुण धेरै छ। लसुन खाँदा ब्लड प्रेसर घटाउँछ। रगत सफा गरी कोलोस्ट्रोल घटाउँछ। कग्निटिभ क्रिया प्रभावकारी बनाउन सहयोग गर्छ।

गोलभेंडा : एन्टीअक्सिडेन्ट तथा लाइकोपेनको निकै राम्रो स्रोत भएका कारण गोलभेंडाले मष्तिष्कको शक्ति बढाउन महत्वपूर्ण भूमिका निभाउँछ । दिनहुँ गोलभेंडा खानाले फ्रि रेडिकलको समस्या पनि हटाउछ । यसको सेवन तरकारी तथा सलादको रुपमा गर्न सकिन्छ ।
ग्रीन टी : ग्रीन टी एन्टीअक्सिडेन्टयुक्त हुन्छ, जसले स्मरणशक्तिलाई बढाउन मद्धत गर्छ । यसमा पोलिफिनोल नामक तत्व हुन्छ, जसले स्मरणशक्ति बढाउँछ । दिनमा कम्तीमा दुई कप ग्रीन टी पिउनु उचित हुन्छ ।
ओखर :ओखरमा ओमेगा ३ फ्याटी एसिड सबैभन्दा बढी पाइछ । ओमेगा ३ का कारण मष्तिष्कको न्यूरोट्रान्समिसन अर्थात् कोशिकाबीच सूचना आदानप्रदान निकै राम्रोसंग हुन्छ । यसैले ओखरको नियमित सेवनले दिमाग तेज बनाउछ ।
साल्मोन माछा :मानिसको मष्तिष्कको करिब ६० प्रतिशत भाग बोसोबाट बनेको हुन्छ । यसको अर्थ, मष्तिष्क ठीकसंग सन्चालन गर्न लगातार फ्याटी एसिड जरुरी हुन्छ । साल्मोन माछा ओमेगा ३ फ्याटी एसिडको निकै राम्रो स्रोत हो । चिकित्सकहरुले पनि साल्मोन माछा खान सल्लाह दिन्छन् ।
पालुंगो : पालुंगोमा भएको प्राकृतिक एन्टीअक्सिडेन्ट गुणले शरीरलाई धेरै लाभ दिन्छ । यसमा भएको आइरन र म्याग्नेसियमले स्मरणशक्ति बढाउँछ र रगतलाई दिमाग तथा शरीरका अन्य अंगसम्म पुर्याउछ।
आलस : आलसको बिउमा फाइबर र प्रोटीन भरपूर हुन्छ । आलसका बिउलाई दहीमा हालेर खाँदा दिमाग तीखो हुन्छ ।
दही : दहीमा अमिनो एसिड हुनाले स्मरणशक्ति बढ्छ । यसले तनाव पनि भगाउँछ । दहीमा ड्राई फ्रुट हालेर खाँदा धेरै फाइदा पुग्छ ।
त्यस्तै ब्लुबेरी, केरा, चकलेट, फर्सीको बियाँ, जैतून तेल र साबुत अनाजले पनि दिमाग तीखो बनाउँछन् ।

क्याफिनले सतर्कता बढाउँछ : आइक्यू बढाउने वा हामीलाई स्मार्ट बनाउने त्यस्तो कुनै कुरा छैन । तर केही यस्ता कुरा छन्, जसले हामीलाई फूर्तिलो र चंख पार्छन् र एकाग्र हुन सघाउँछन् जस्तो कि क्याफिन । कफि, डार्क चकलेट, एनर्जी ड्रिंकले हामीलाई छोटो समयका लागि भए पनि सतर्क राख्छन् र एकाग्र हुन मद्दत गर्छन् । तर बढी मात्रामा क्याफिन उपभोग गरे बेचैनी र असहज अनुभव हुनसक्छ ।
चिनीले पनि सतर्कता बढाउँछ : हाम्रो मस्तिष्कले सबैभन्दा बढी मन पराउने र खोज्ने इन्धनको स्रोत नै चिनी हो । यहाँ चिनी भन्नाले ग्लुकोजलाई बुझ्नु पर्छ । हामीले खाएको कार्बोहाइड्रेट र गुलियोजन्य खानेकुरा टुक्र्याएर बाट हाम्रो शरीरले ग्लुकोज प्रशोधन गर्छ । त्यसैले हामीले कुनै एनर्जी पेय वा फलफूलको एक ग्लास जुस पिउँदा छोटो समयका लागि हाम्रो शारीरिक ऊर्जा, स्मरण शक्ति, सोचविचार क्षमता र मानसिक क्षमता बढ्छ ।
तर यसको पनि धेरै मात्रामा उपभोग गरे स्मरणशक्ति क्षीण हुनसक्छ । गुलिया ९खासगरी चिनी मिसिएका० खानेकुरा र पेय पदार्थको अत्यधिक सेवनबाट जोगिनु उपयुक्त हुन्छ, किनभने यसको अत्यधिक प्रयोगले मुटुसम्बन्धी रोग लाग्ने जोखिम बढ्छ ।
मस्तिष्क चुस्त राख्न बिहान खाजा खानुहोस् : बिहान भरसक खाजा खानु नपरोस् भन्नु हुन्छ भने तपाईंले आफ्नो मस्तिष्कलाई मन्द बनाइरहनु भएको छ । विभिन्न अध्ययनले बिहान खाजा खाँदा छोटो समयका लागि स्मरण शक्ति र एकाग्रता बढ्ने देखाएका छन् । खासगरी बिहान खाजा खाने विद्यार्थीले खाजा नखानेका तुलनामा राम्रो नतिजा ल्याउने अध्ययनले देखाएका छन् । अध्ययनकर्ताहरूले मानसिक क्षमता बढाउने खानेकुराको सूचीमा सबैभन्दा माथि अत्यधिक रेशायुक्त ९गहुँ, मकै, जौ, चामललगायत० खाद्यान्न, दुग्ध पदार्थ र फलफूललाई राखेका छन् । तर अध्ययनकर्ताहरू यी सबैको पनि खाजामा अत्यधिक उपभोग नगर्न सुझाँछन्, किनभने अत्यधिक ऊर्जायुक्त भोजनले एकाग्रता भंग गर्छ ।
मानसिक क्षमता बढाउँछ माछाले
मस्तिष्कको क्षमता बढाउने पोषक तत्व प्रोटिनको गतिलो स्रोत माछा पनि हो । माछामा पाइने ओमेगा–३ फ्याटी एसिड मानसिक क्षमता बढाउने मुख्य तत्व हो । ओमेगा–३ मस्तिष्कको क्षमता बढाउन अत्यन्त प्रभावकारी छ । पर्याप्त मात्रामा ओमेगा–३ को उपभोग गरे डिमेन्सिया र मस्तिष्कघातको जोखिम घटाउनुका साथै मानसिक क्षमतामा हुने ह्रासमा पनि कमी आउँछ । साथै उमेर बढे पनि स्मरण शक्ति घट्न दिँदैन । यसले मुटुलाई पनि स्वस्थ्य राख्छ ।
बदाम र डार्क चकलेट : विभिन्न किसिमका बदाम ९हाडेरकागजी बदाम, बदाम, ओखरलगायत० भिटामिन ईको राम्रा स्रोत हुन् । भिटामिन ई एन्टिअक्सिडेन्ट मात्र नभएर उमेर बढेसँगै मानसिक क्षमता ह्रास हुन नदिने प्रभावकारी भिटामिन पनि हो । डार्क ९कफी रंगका० चकलेटमा प्रभावकारी एन्टिअक्सिडेन्ट विशेषता हुनुका साथै यसमा क्याफिनजस्तो उत्प्रेरक तत्व हुन्छ, जसले सतर्कता र एकाग्रता बढाउँछ ।
दैनिक एक औंस बदाम र डार्क चकलेट खानेकुरामा समावेश गरी आफ्नो मस्तिष्कलाई आवश्यक पोषक तत्वसँगै ऊर्जा, फ्याट र सुगरसमेत प्राप्त गर्न सकिन्छ ।
रेशादार खाद्यान्न : हाम्रो शरीरका सबै अंग खासगरी मुटु र मस्तिष्क रक्त प्रवाहमा निर्भर हुन्छन् । रेशादार हुने भएकाले गहुँ, मकै, चामल, जौ जस्ता खाद्यान्न (होल ग्रेन) र फलफूलले खराब कोलेस्टरोल घटाउँछन् तथा मुटुसम्बन्धी रोगको जोखिम न्यून पार्छन् । यसले रक्त नलीमा फोहर जम्न पाउँदैन, फलस्वरुप मस्तिष्कसम्म सहज रक्त सञ्चार हुन्छ र मस्तिष्कको क्षमता घट्न पाउँदैन ।
होल ग्रेनले हाम्रो शरीरलाई आवश्यक फाइबर (रेशा) र भिटामिन ई समेत उपलब्ध गराउँछ ।
ब्ल्युबेरी :जनावरमा गरिएको अनुसन्धानले ब्ल्युबेरी (निलो जामुनरफडिरलगायत) ले मस्तिष्कलाई फ्रि र्याडिकलले गर्ने हानीबाट जोगाउनुका साथै वृद्धावस्थामा लाग्ने अल्जाइमर्स र डिमेन्सियाजस्ता स्मरण शक्ति लोप हुने रोगको प्रभाव समेत कम गर्छ । विभिन्न अध्ययनले ब्ल्युबेरी समावेश खानेकुरा खाएका बुढा मुसाको सिकाइ र मांसपेशीको क्षमता युवा मुसाको मानसिक क्षमता बराबर रहेको देखाएका छन् ।
भिटामिन र खनिजका सप्लिमेन्ट : कतिपय अध्ययनले भिटामिन बी, सी, ई तथा बिटा–क्यारोटिन र म्याग्नेसियमलगायत खनिजका सप्लिमेन्टले मानसिक क्षमता बढाएको देखाएका छन् । तर यस्ता सप्लिमेन्ट त्यस्ता मानिसका लागि मात्र उपयोगी हुन्छन्, जसको भोजन पर्याप्त पोषणयुक्त हुँदैन ।
केही अनुसन्धानकर्ता चिनियाँहरूले उपभोग गर्ने जिनसेङ, जिङको तथा भिटामिन, खनिज र विभिन्न जडीबुटीको मिश्रणले मस्तिष्कको क्षमता बढाउनेमा आशावादी छन् । तर यसबारे पर्याप्त अनुसन्धान भने हुन बाँकी नै छ।
एकाग्रता बढाउन चाहनुहुन्छ ? त्यसो भए आफ्नो भोजनमा फलफूल, होल ग्रेन, माछाका परिकारसँगै एक कप कफी पिउनुहोस् । यसबाहेक सधैं सन्तुलित आहार लिनुहोस् भन्छन् पोषणविद्हरू । उनीहरू यस्तो सल्लाह दिन्छन् :
– राति पर्याप्त सुत्नुहोस् (निदाउने),
– पर्याप्त पानी पिउने,
– मस्तिष्क र शरीर स्वस्थ्य राख्न पर्याप्त व्यायाम गर्ने,
– तनावमुक्त रहन र प्रष्ट विचारका लागि ध्यान गर्ने ।