काठमाण्डौ/१७ फागुन,  पर पुरुषसँगको प्रेम सम्बन्ध सफल पार्न आफ्नै श्रीमान्लाई गोली हान्न लगाईन् प्रियंकाले। गोली चलेको ६ घण्टाभित्रै, पर्साको विन्दवासिनी गाउँपालिका–३ झौवाटोल स्थायी घर तर, अहिले वीरगन्जको रानीघाटमा बस्दै आएका ३५ वर्षीय उमेशप्रसाद चौरसियालाई आफ्नै श्रीमती प्रियंका चौरसियाले प्रेमीसँग मिलेर गोली हान्न लगाएको रहस्यो खुल्यो ।

घर पुग्नै लागेका उमेशलाई वुधबार राति गोली हान्न लगाइयो । गोली लागेको उनको अवस्था चिन्ताजनक छ । १० वर्ष वैदेशिक रोजगारी गरेर स्वदेश फर्किएका उमेश धागोको व्यापार गर्दै आएका छन् । उनी कामकै शिलशीलामा बुटवल गएर वुधबार राति घर फर्किँदै थिए । उनलाई गोली दागेको ठाउँ प्रहरी कार्यालय पर्साबाट धेरै टाढा छैन । करिब एक सय मिटर मात्रै पश्चिमतिर रहेको भारतीय महावाणिज्य दूतावास पछाडि मोटरसाइकलमा आएका दुई युवा गोली हाने ।

उमेशको दाहिने कोखामा गोली लागेको छ । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि रातिनै काठमाडौँ लगियो । उनको काठमाडौं नर्भिक अस्पतालमा उपचार भइरहेको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा रगत बग्नै नरोकिएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको नारायणी उपक्षेत्रीय अस्पतालले जानकारी दिएको छ ।

गोली प्रहार गर्ने वीरगन्ज १२ मुर्लीका २५ वर्षीय मुन्ना साह, बाराको परवानीपुर गाँउपालिका १ का २७ वर्षीय मनोज गुप्ता, उमेशकी श्रीमती प्रियंका र प्रियंकाका प्रेमी बाराको परवानीपुर १ का २४ वर्षीय विकेन्द्र कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रेम लीला
प्रियंकासँग विहे गरेपछि वैदेशीक रोजगारीको शीलशीलामा उमेश खाडीमा तीन वर्ष बसे । उनी खाडी भएका बेला श्रीमती प्रियंका र वीरगन्जको अपोलो ट्रमा सेन्टरमा सिएमए पदमा कार्यरत विकेन्द्रबीच प्रेम सम्बन्ध झाँगियो ।

उमेश वैदेशीक रोजगारीबाट स्वदेश फर्किएपछि उनको हत्या गरी आफुहरुको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने नियतले प्रियंका र विकेन्द्रले उमेशको हत्या गर्ने योजना बनाए । त्यहि योजना अनुसार, उमेशकी श्रीमती प्रियंका र विकेन्द्रले उमेशको हत्या गर्नका लागि मनोज गुप्तालाई एक लाख रुपैयाँ दिए । त्यसमध्ये तत्काल उनीहरुले मनोजलाई २५ हजार रुपैयाँ नगद दिएको र त्यही रकमबाट मनोजले ११ हजार रुपैयाँमा १२ बोरको नलकटुवा पेस्तोल र एक राउण्ड गोली खरिद गरे । अन्ततः योजना अनुसार नै गोली हाने । हाम्रा कुरा डटकमबाट