काठमाण्डौ/१२ फागुन, स्वरोजगार कोषको कर्जा माग प्रस्ताव पेश गर्ने समयावधि चैत्र ३१ सम्म रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले जनाएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालय अनामनगर काठमाडौंबाट २०७४ माघ १३ गते सहकारी संस्थाहरुलाई देशव्यापी रुपमा कर्जा मागको लागि प्रस्ताव पेश गर्न आव्हान गरेको थियो । कोषले कर्जा माग प्रस्ताव पेश गर्न २०७४ चैत ३१ गतेसम्म समयावधि तोकेको छ ।

हालसम्म युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समिति सिन्धुलीमा जिल्लाका नयाँ १८ ओटा सहकारी संस्थाले रु ९ करोड ५० लाख कर्जा मागको लागि प्रस्ताव पेश गरेका छन् । १३ वटा सहकारी संस्थाहरु कोषसँग कर्जा सम्झौता गरी रु ५ करोड ९५ लाख कर्जाको पहिलो र दोस्रो किस्ता बापतको रकम रु ३ करोड १७ लाख निकासा भई लगानी भएको छ ।

जम्मा ३१ वटा सहकारीहरुको मिति २०७४ माघ २४ गते देखि फागुन ९ गते सम्म अनुगमन तथा निरीक्ष गरिएकोमा नयाँ १५ वटालाई रु ५ करोड ९० लाख स्वरोजगार कर्जा प्रदान गरिएको छ । पुराना १२ सहकारीलाई करीव रु ५ करोड ९० लाखमा तेस्रो तथा अन्तीम किस्ता बापतको रकम रु २ करोड २८ लाख स्वरोजगार कर्जा सिफारीस गर्न योग्य देखिएको छ । साथै प्रथम र दोस्रो चरण अन्र्तगत अब सिन्धुली जिल्लामा स्वरोजगार कर्जा रु ११ करोड ८५ लाख हुने भएको छ । पहिले लगानी गरिएका २७५ जनाले प्रत्यक्ष लाभान्वित भएका छन् । अब करिब ४०० जना लाभान्वित हुने अनुमान गरिएको छ । साथै सिफारीसमा परेका नयाँ १५ वटा तथा कर्जा लगानी गरिरहेको १२ वटा सहकारीहरुलाई बधाई तथा शुभकामना समेत प्रदान गरिएको छ ।