नुवाकोट/२१ माघ, नुवाकोटको विदुर नगरपालिका – ९ कोलनीमा बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ । ‘सोनाम ल्होछारको प्रबर्द्धन हाम्रो सांस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान’ भन्ने मुल नाराको साथ तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व २८५४ औं सोनाम ल्होछार (खि ल्होरनागी, कुकुर बर्ग ) को अवसरमा नेपाल तामाङ घेदुङ नुवाकोट र थ्री.डि युवा क्लब कोलनीको संयुक्त आयोजनामा यही माघ २७ गते शनिबार बृहत सोनाम ल्होछार कार्यक्रम हुने भएको छ ।

सोनाम ल्होछार बृहत साँस्कृतिक महोत्सवमा माओवादी केन्द्रका केन्द्रीय सचिबालय सदस्य, तामाङ घेदुङका केन्द्रीय सल्लाहकार तथा नुवाकोट १ प्रतिनिधि सभा सदस्य हित बहादुर तामाङ प्रमुख आतिथ्यता  रहने अायाेजकले वताएकाे छ।  कार्यक्रममा म्यागङको किम्ताङ, बुङ्ताङ लगायत र अन्य नुवाकोट जिल्लाको गाउँ गाउँबाट समेत सहभागी भएर पुरानो मौलिक संस्कृति झल्किने नाच एवम् कलाहरुको प्रदर्शनी हुने बताइएकाे छ ।

बृहत साँस्कृतिक कार्यक्रम हुने चर्चाले अहिले समग्र जिल्लामै उत्सुक र चासोको विषय बनेको छ । हालै सम्पन्न भएको दोश्रो म्हेन्दो माया म्युजिक अवार्ड २०७४ का विभिन्न बिधा बिजेता चर्चित ख्यातिप्राप्त म्हेन्दोमाया कलाकारहरु तथा अन्य गायक गायिका तथा कलाकारहरहरुबाट हुने भनिएको बेजोड प्रस्तुतीको चर्चाले झन थप माहोल तातिएको छ । म्हेन्दोमाया कलाकारहरु किर्ती तामाङ ,मिना लामा , पुष्प वाईबा तामाङ ,आशिक गोङ्बो तामाङ , लक्ष्मी स्याङतान , बिना घले ,टेकराज घले , पप तथा आधुनिक गायक एवम स्वर सङग्राम बिजेता ध्रुव तामाङ ,चर्चित मोडेलहरु एन्जिला वाईबा तामाङ , रुपा एस घले र मुन्न वाईबा घलेका साथै अन्य स्थानीय कलाकारहरुले कार्यक्रममा भरपुर मनोरञ्जन दिने भएका छन् ।

तामाङ अवाज, टिभी त्रिशुली, नुवाकोट एफ एम, रेडियो त्रिशुली र रेडियो जलपाले सोनाम ल्होछार बृहत साँस्कृतिक महोत्सवको मिडिया पार्टनरको भुमिका खेल्दै सहयोग गरेका छन् ।

तामाङ समुदायको महान राष्ट्रिय सांस्कृतिक पर्व २८५४ औं सोनाम ल्होछारको अवसरमा आयोजना गर्न लागिरहेको बृहत साँस्कृतिक कार्यक्रममा सहभागी हुनका लागि सम्पुर्ण नुवाकोटबासी दाजुभाइ तथा दिदिबहिनी ,विभिन्न संघ संस्थाका प्रतिनिधि तथा पदाधिकारी , समाजसेवि, बुद्धिजीवी सामाजिक अभियान्ता र पत्रकारलाई उपस्थितिको निम्ति आयोजकले अनुरोध गरेको छ ।

भाषाको ज्ञान नभएर निर्दोषहरु समेत अदालतमा सत्य तथ्य बयान दिन नसक्दा दोषी हुनु परेको नेपालको परिप्रेक्षमा नेपालमा पहिलो पटक अदालतमा मातृभाषामा बयान दिन पाउने व्यवस्था नुवाकोट तामाङ घेदुङ अध्यक्ष जयमान वाईबाको पहल र प्रयासले सफल भएको थियो ।