Sudip Kaine
कान्तिपूरकर्मी कैनीको यो फोटो उनको फेसबुकबाट लिइएको हो

गोरखा/ १ माघ, कान्तिपुर दैनिकका गोरखा समाचारदाता सुदिप कैनीमाथी तनहुँको आबुखैरेनीमा आक्रमण भएको छ । आबुखैरेनीको कृष्ण मन्दिर नजिक मस्र्याङ्दी नदि किनारमा केही बेर उनी माथि आक्रमण भएको हो । मस्र्याङ्दी नदिमा हुदैँ आएको अबैध बालुवा तस्करका बारेमा उनले कान्तिपूर दैनिकमा समाचारहरूसम्प्रेशित गरेका थिए । त्यहाँका अवैध बालुवा तस्कर तथा टोले डनहरुले उनिमाथि आक्रमण गरेका हुन् ।

मुलुकभर विभिन्न पक्षले प्रेस स्वतन्त्रताको पक्षमा बोलेपनि सञ्चारकर्मीमा हुने प्रहार र धम्की भने रोकिएको छैन । आफ्नो पक्षमा समाचार नलेखेकै कारण सचारकर्मी माथी आक्रमण गर्नु नै निन्दनीय कार्य हो । यसरी संचारकर्मीहरुमाथि भईरहेको घटना बारम्बार दोहारिरहनु निन्दनीय एवं गलत कदम हो ।

समाचार संकलन कर्तव्यपथमा लागेका सञ्चारकर्मीप्रति आक्रमण र धम्कीको भाषामा प्रस्तुत नहुन सम्बन्धित सबैमा नेपाल पत्रकार महासंघ गोरखाले आग्रह समेत गरेको छ । महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजंग थापाले तक्काल दोषीलार्इ कार्वाही गरी स्वतन्त्र र निष्पक्ष रूपमा पत्रकारलार्इ काम गर्न दिन प्रशासनलार्इ आग्रह समेत गरेका छन् ।

देशका हर घटनालाई जनतासामु पुर्याउने जिम्मेवारी लिएका सूचनाको संवाहक सन्चारकर्मी माथि भईरहेको आक्रमणले प्रेस स्वतन्त्रता अधिकारको हनन् भएको महशुस भएको छ । उनको साथमा रहेको क्यामरा र मोवाईल पनि आक्रमणकारीले फुटाएका छन् । शरिर भरि कुटपिट गरेर नीलडाम समेत रहेको उनले बताए । गोरखापत्र अनलाइनबाट