काठमाण्डाै/ २५ पाैष, डाक्टर गाेविन्द केसीले अाफ्नाे लडार्इ असल न्यायाधीशविरुद्ध नभएकाे वताएका छन् । अदालतको अवहेलना अभियोगमा सिंहदरबार प्रहरी वृत्तमा थुनिएका डा केसीसँग बसन्त बस्नेतसंगकाे कुराकानीमा डाक्टर केसीले यस्ताे वताएका हुन् । डा. केसीले भने, ‘म सर्वोच्च अदालतलाई न्याय दिलाउने संस्थाका रूपमा एकदमै सम्मान गर्छु। संस्थामा सही न्यायसम्पादन गर्ने न्यायाधीशहरूप्रति मेरो मनमा सम्मान भाव छ। तर, मान नै नभएका कतिपय छन्, तिनको केको मानहानि ?

न्यायपालिकाको सर्वोच्चतामाथि प्रश्न उठाउन पाइन्छत भनि पत्रकार बस्नेतले साेधेकाे प्रश्नमा जवाफ दिँदै केसीले भने, ‘सबै न्यायाधीश खराब छैनन्। मैले गरेको लडाइँ असल न्यायसम्पादन गर्ने न्यायाधीशविरुद्ध हुँदै होइन। यसमा मेरो कुरा प्रस्ट छ।’

न्यायालयमा बसेर थुप्रै गलत काम भएका उदाहरण छन्। मैले यसबारे वर्षौंदेखिका गल्तीहरूका तथ्य प्रमाण जुटाएको छु। एक नागरिकका रूपमा यसबारे बोल्नु मेरो कर्तव्य हो।- डाक्टर गाेविन्द केसी भन्छन् । चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रमा सुधारका लागि वर्षौंदेखि लडिरहेकाे केसीले वताए । ‘संविधानले जनतालाई दिएको मौलिक हकका लागि हाम्रो लडाइँ हो। अहिले न्यायालयको काम जनतालाई न्याय दिने किसिमको देखिएन। त्यसैले समस्याको जरोसँगै लड्नुपरेको हो।’ – डाक्टर गाेविन्द केसीकाे भनाइ छ ।

अाफुहरू प्रतिबद्धताबाट विचलित नहुने डा. गाेविन्द केसीकाे भनाइ छ । न्यायालयभित्रका विकृति विसंगति पनि छानबिनको विषय बन्नुपर्छ। टिचिङ अस्पताल सुधारसम्बन्धी हामीले उठाउँदै आएका मागहरू सम्बोधन हुनुपर्छ भन्ने केसीकाे माग छ । अदालतको अवहेलना अभियोगमा सिंहदरबार प्रहरी वृत्तमा थुनिएका डा केसीसँग बसन्त बस्नेतसंगकाे कुराकानीमा डाक्टर केसीले भने, ‘ मलाई हदै गरे जेल हालिएला। केही छैन, म जेलभित्रै अनशन बस्छु। किनभने म त चिकित्सा शिक्षा क्षेत्रका विकृतिमाथि यसअघि नै आमरण अनशन बसिसकेको व्यक्ति। मलाई भोलि के होला भनेर चिन्ता छैन।’ अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा अदालतको अवहेलना अभियोगमा सिंहदरबार प्रहरी वृत्तमा थुनिएका डा केसीसँग बसन्त बस्नेतसंगकाे कुराकानी छापिएकाे छ ।