अाम सराेकार प्रतिनिधि
ललितपुर/०८ कार्तिक, लाेकप्रिय युवा नेता गगनकुमार थापाले नेपाली कांग्रेसका प्रवक्ताकाे जिम्मेवारी सम्हाल्ने भएका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य  थापालाई पार्टी प्रवक्ता बन्न औपचारिक प्रस्ताव गरेका हुन्।

अागामी मंसिरको निर्वाचनमा समानुपातिकतर्फ बसेका बालकृष्ण खाँडलाई सभापति देउवाले सोमबार कांग्रेसको चुनाव प्रचार प्रसार संयोजकको जिम्मेवारी दिएका छन् । देउवाले मंगलबार नेता थापालाई पार्टी प्रवक्ता बन्न औपचारिक प्रस्ताव गरेका हुन्। सभापति देउवाको प्रस्तावलाई नेता थापालाई सकारात्मक रुपमा लिएको उनी निकट नेताहरूले जनाएका छन् । थापाले कांग्रेस प्रवक्ताको रूपमा केही दिनमै काम थाल्नेछन् ।