ललितपुर⁄ ८ कार्तिक,  आइडब्लुएफ कराते डाे संघ ललितपुरले भारतकाे हरियानामा हुन लागेकाे अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलार्इ विदार्इ गरेकाे छ । ललितपुर जिल्ला अन्तर्गतका विभिन्न शाखाहरुबाट छनाैट भई  भारतकाे हरियानामा यहि अक्टाेवर २७ देखि २९ सम्म हुन गईरहेकाे इन्डाे नेपाल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई ललितपुर जिल्ला कार्य समितिले एक कार्यक्रम अायाेजना गरी विदाई गरेकाे छ । प्रतियोगितामा नेपालकाे तर्फबाट ललितपुरबाट पुष्पराज नेगी, उत्तम लामा, अाशिष दराई, दावा छिरीङ तामाङ , शुभ सिल्वाल, साेनम थिङले प्रतिष्पर्धा गर्दैछन् ।   उक्त कराँतेका केन्द्रीय सदस्य एवम् बरिष्ठ प्रशिक्षकद्वय बुद्ध राज नेगी र चिन लामाले निर्णायककाे भूमिका निर्वाह गर्ने  आइडब्लुएफ कराते डाे संघ ललितपुरले  जनाएकाे छ। विदाई कार्यक्रममा समाजसेवी एवम् नेकपा एमाले ललितपुर क्षेत्र नं. १ का अध्यक्षा प्रभाकार थापाले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलार्इ खेल सामाग्री हस्तान्तरण गरेर सहयाेग गरेका थिए भने करातेका जिल्ला अध्यक्ष प्रविण स्याङतान, महांकाल शाखा प्रमुख प्रशिक्षक जिरामान स्याङतान लगायतले खेलाडीहरुलाई राष्ट्रिय झण्डा प्रदान गरि विदाई गरेका थिए ।