अाम सराेकार प्रतिनिधि
ललितपुर/०६ कार्तिक,
नेपाल सरकारकाे मुख्यसचिवमा लाेकदर्शन रेग्मी नियुक्त भएका छन् । मन्त्रिपरिषदको भर्खरै सम्पन्न बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । वहालवाला मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि लाेकदर्शन रेग्मीले २४ औं मुख्यसचिव बन्ने अवसर पाएका हुन् ।

तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीले राजीनामा दिएर एसियाली विकास बैंकमा जागिर खान गएपछि राजेन्द्रकिशोर क्षेत्री २९ असारमा मुख्य सचिव बनेका थिए । चार महिना मात्रै मुख्यसचिव भएर काम गर्ने अवसर पाएर क्षेत्री ५८ वर्षे उमेर हदका कारण भाेली कात्तिक ७ गतेबाट अनिवार्य अवकाश पाउँदै छन् ।

रेग्मीसँगै ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी मुख्यसचिवको प्रतिष्पर्धामा थिए । तर, वरियताक्रममा तेस्रो स्थानमा रहेका रेग्मीले बाजी मारे ।  मुख्यसचिवको आकांक्षी तीनै सचिव २०७० साउन ६ गते सचिवमा बढुवा भएका थिए । वरियताक्रममा उपाध्याय पहिलो, अधिकारी दोस्रो र रेग्मी तेस्रो स्थानमा छन् ।