अाम सराेकार प्रतिनिधि
ललितपुर/३१ असाेज,
बामगठबन्धन ताेडेर नेपाली कांग्रेससंग चुनावी तालमेल गर्न तयार भएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले  १५ सिट माग गरेका छन् । बाम गठबन्धनमा सहभागी भएका भट्टराइकाे  पार्टीले प्रतिनिधि सभाका १५ सिटकाे माग र गाेरखा क्षेत्र नं. २ बाट अाफुले चुनाव लड्न पाउनु पर्ने माग राखेका थिए ।

माअाेवादीले गाेरखा क्षेत्र नं. २ भट्टराइलाइ दिन नमानेपछि उनले बाम गठबन्धन छाडेर कांग्रेससंग तलमेल गर्न बाध्य भएका हुन । भट्टराईले आफ्नो दलले १५ पाउने गरी नेपाली कांग्रेससँग तालमेलको प्रस्ताव राखेका छन् ।