ललिलतपुर/२९ असाेज,  बिजयकुमार गच्छदारले नेतृत्व गरेकाे मधेशी जनाधिकार फाेरम (लाेकतान्त्रिक) र कुमार खड्काले नेतृत्व गरेकाे अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा समाहित हुने भएका छन् । २०६४ सालकाे संविधानसभाकाे निर्वाचन अगाडि नै नेपाली कांग्रेस छाेडेका गच्छदार १० वर्षपछि नेपाली कांग्रेसमा फर्केका हुन्।

केही दिन अगाडि मात्रै नेकपा एमाले, माअाेवादी केन्द्र र नयाँ शक्ति पार्टीबिच चुनावी गठबन्धन भएसंगैं नेपाली राजनीतिमा दलहरूकाे ध्रुबिकरण हुने क्रम बढेकाे हाे ।

यही मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचन सम्पन्न भएपछि  गच्छदारलाई नेपाली कांग्रेसको महत्वपूर्ण पदमा जिम्मेवारी दिने भद्र सहमति भएपछि आजै साँझ बालुवाटारबाट फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसवीच पार्टी एकताको घोषणा हुँदैछ।