वर्षा याममा पर्ने पानीको थोपाले गर्मीबाट मात्र राहत दिँदैन, यसले मुटुको तारलाई समेत छेड्छ  । एउटा नयाँ अनुसन्धानअनुसार वर्षायाममा पर्ने पानीको थोपा माटोमा झर्दा आउने एक प्रकारको अनौठो बास्नाले मनमस्तिष्कमा एउटा अनौठो रोमान्टिक अनुभूति उत्पन्न गर्छ  ।
युनिभर्सिटी अफ पिटसबर्गका अनुसन्धानकर्ताहरूका अनुसार माटोमा वर्षाको पानीको थोपा पर्दा एउटा अनौठो बास्ना फैलन्छ  । यो बास्ना मस्तिष्कको न्युरोन्सको सम्पर्कमा आएर मस्तिष्कलाई रोमान्टिक अनुभूति दिलाउँछ  । बास्नाले मस्तिष्कलाई सकारात्मक सोचाइमा प्रेरित गर्छ  ।
यसअघि युनिभर्सिटी अफ लन्डनका अनुसन्धानकर्ताले गर्मीयाममा निस्कने पसिनाले शरीरबाट दुर्गन्ध निस्कने भएपनि वर्षको समय यस्तो नहुने पत्ता लगाएका थिए  । वर्षायाममा शरीरबाट निस्कने पसिनाले दुर्गन्ध हैन, आनन्ददायी बास्ना दिन्छ  ।